एनसेलको आईपीओ निष्कासनको तयारी, एक कित्ता शेयरकै मूल्य १ लाख


काठमाडौं–नेपाली समाजमा आईपीओ प्रति आम लगानीकर्ताको निकै आकर्षण बढेको छ । प्राथमिक शेयरमा एक सय रुपैयाँ लगानी गरेर हजारौं रुपैयाँ पाइने भएकाले शेयर बजारमा आईपीओ भर्नेको संख्या निकै छ । विदेशी लगानी गरेको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आईपीओ निष्कासनको खबरले आम लगानीकर्ता उत्साहित छन् । आईपीओ निष्कासनकालागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा परिणत गएको छ । एनसेल आईपीओ निष्कासनको तयारीमा छ ।


एमसेलले आईपीको निकाल्दा बुकविल्डिङ विधिबाट प्रिमियम मूल्यमा निकाल्नेछ । करिब १५० रुपैयाँको हाराहारीमा प्रतिसेयर नेतवर्थ रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दा प्रतिकित्ता ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो । एनसेलको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । एनसेलको शेयर ओटीसी (ओभर दि काउन्टर) बजारमा एक कित्ताकै १ लाख २४ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो।


यसरी हेर्दा १५० रुपैयाँको हाराहारीमा प्रतिसेयर नेतवर्थ रहेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७५० रुपैयाँ प्रस्ताव गरे जस्तै प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ रहेको एनसेलको बुकविल्डिङबाट आईपीओ निष्कासन गर्दा प्रतिकित्ता सेयर मूल्य एक लाख रुपैयाँभन्दा बढी हुनेछ ।किनकी गत साउनमा सम्पन्नराज भट्टले एक कित्ता सेयर्र  १ लाख २४ हजार १ सय रुपैयाँ बिक्री गरेको नेप्सेले जनाएको छ । आईपीओ न्यूनतम १० कित्ता भनुपर्ने प्रावधान छ । एनसेलको आईपीओ न्यूनतम १० कित्ता भर्न पनि १० लाख रुपैयाँ बढी खर्च गर्नुपर्नेछ । एनसेल २०७७ साउनमै आइपीओ निष्काशन गर्ने तयारीका साथ पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । 


कम्पनी ऐन २०६३ को दफा १२ मा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था अनुसार आईपीओ निष्कासनको प्रक्रियामा छ । एनसेलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत सेयर स्वामित्व नेपालीको छ । एनसेलले आर्थिक वर्ष २०७६÷७७ मा ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर तिरेको छ । एनसलले एब वर्षमै करिब ५० अर्ब रुपैयाँ भन्दा बढी मुनाफा कमाएको छ । एनसेलको चालु सम्पत्ति २८ अर्ब ५१ करोड १० लाख ७ हजार १९२ रुपैयाँ छ भने भने कुल सम्पत्ति ८५ अर्ब ४१ करोड ३७ लाख १४ हजार ८३ रुपैयाँ छ ।


 

प्रतिक्रिया