काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव २ अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले घटेको बजारमा बीमा समूहको कम्पनीमा भने आकर्षण देखिएको थियो ।
आज पनि मूल्य बढ्ने आधिकांश कम्पनीहरूमा बीमा समूह नै रहेका छन । १७ कम्पनीहरूको शेयर किनबेच भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन साथै ६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
२९ लाख माथिको शेयर खरिद बिक्री भएकोमा जीवन विकास लद्युविको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । साथै मूल्य बढ्ने अधिकांश कम्पनी बीमा समूह नै रहेका छन ।