निर्वाचन आयोगको निर्देशनपछि गण्डकी सरकारले कर घटाउने निर्णय फिर्ता लियो

काठमाण्डौ । निर्वाचन आयोगको ताकेतापछि गण्डकी प्रदेश सरकारले कर घटाउने निर्णय फिर्ता लिएको छ ।  गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो


बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो । 


मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनु पूर्व नै करको दर घटाएको भए पनि राजपत्रमा आचारसंहिता लागु भएपछि  गरे प्रकाशन गरेको थियो । निर्वाचन आचारसंहिता लागु हुनुभन्दा अघि नै मन्त्रिपरिषद्को निर्णयले गरेको थियो । प्रदेश सरकारले मंगलबार नै करको दर खारेज गरेको स्पष्टीकरण पठाउने भएको मुख्यमन्त्री कार्यलयका स्रोतले बताएको छ । 


 

प्रतिक्रिया