रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोमबार थुनछेक बहस सम्पन्न भएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। आदेशसँगै लामिछाने पक्षले धरौटी रकम बुझाउने तयारी गरिरहेको छ।

यसअघि, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेले कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। कास्की हिरासतमा ८४ दिन बिताएपछि बिहीबार मात्र उनी रिहा भएका थिए।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको १ अर्ब १९ करोडभन्दा बढी रकम अपचलन आरोपमा रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ।

कास्कीबाट छुटेपछि प्रहरीको जिम्मेवारीमा रहेका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। अदालतले थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

रवि लामिछानेको धरौटी तिरेपछि मुद्दाको पुर्पक्ष अदालतमा हुने छ। अनलाईन खवरको सहयोगमा

प्रतिक्रिया