रविको निर्वाचन क्षेत्रमा रहेको कार्यालयमा कसले लगायो आयो ?

काठमाण्डौ । भर्खर मात्र निर्वाचन सम्पन्न भएको चितवनको  राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको सो पार्टीले जनाएको छ । 

शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । आगलागी शुक्रवार राति भएको बताइएको छ ।

शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया