अनुभवी लगानीकर्ता भन्छन् - अब बजार घट्दैन,किन्ने मौका यहि हो

काठमाडौं - निरन्तर ओरालो लागेको शेयर बजार पछिल्ला ३ कारोबार दिनमा १ सय अंकको बृद्धिसँगै लगानीकर्तामा उत्साह आएको छ । 

गत साताको अन्तिम कारोबार दिन साथै यो हप्ताको आईतबार र सोमबार नेप्से स्थिर गतिमा रहँदै दोहोरो अंकको वृद्धि भएको छ । जसले बजार दीर्घकाल सम्म माथि जाने संकेत समेत गरेको छ । 

शेयर बजारका जानकारहरुका अनुसार अब यस अघिका दिनमा जस्तो बजार फेरि घट्ने सम्भावना निकै न्यून रहेको बताएका छन् । शेयर बजारमा प्रवेश गर्ने साथै लगानी बढाउने उत्तम समय यही हो,जानकारहरूको भनाइ छ । 

बजारमा देखिएका केही अन्योलता पनि बिस्तारै साम्य हुँदै गएको साथै तरलता अभाव पनि सहज हुने अवस्थामा रहेकाले शेयर बजारमा रौनकता आउने अनुमान गर्न सकिन्छ । त्यसपछि कोरोना संक्रमणको नयाँ भेरियन्टले विकराल अवस्था सिर्जना गर्न थाकिरहेको हुँदा त्यसको फाइदा शेयर बजारमा पर्ने समेत कतिको बुझाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय