अमृत स्पर्शको नेतृत्वमा उदाउँदै गरेको नेक्टर डिजिट

काठमाडौं – प्रविधिमा सुरक्षाको महत्त्वलाई ध्यानमा राख्दै, नेपालमा थोरै संख्यामा रहेका सेवा प्रदायक कम्पनीहरूले गुणस्तरसँगै सुरक्षालाई पनि प्राथमिकता दिन थालेका छन्। अमृत स्पर्शले स्थापना गरेको नेक्टर डिजिट प्राइभेट लिमिटेड यस्तै एक कम्पनी हो। वेब डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, सर्च ईन्जिन अप्टिमाइजेसन, ब्राण्डिङदेखि सुरक्षासम्मको सेवा प्रदान गर्ने नेक्टरले एउटै छातामुनि रहेर अल ईन वान प्याकेजको सेवा प्रदान गर्दछ।

कम्पनीले कुनै पनि प्रोडक्ट सेल्स र हार्डवेयर सप्लाई नगरी, सफ्टवेयरका सम्पूर्ण कामहरू गर्ने बताएको छ। सर्भर ह्यान्डलिङ, नेटवर्किङ, साइबर डिफेन्स, ईथिकल ह्याकिङ, पेनिट्रेसन टेस्टिङ लगायतका कामहरू नेक्टर आफैं गर्छ। साथै, उनीहरूको सेवा क्वालिटी र सुरक्षामा केन्द्रित रहेको छ।

अमृत स्पर्श, नेक्टर डिजिटका संस्थापक तथा सीईओ, दुबईमा सर्भर लेभलका कामहरू गर्दै नेपाल फर्किएपछि २०१८ मा कम्पनीको स्थापना गरे। हाल नेक्टरको कार्यालय सुन्धारामा छ र २२ देखि २४ जनाको टिम रहेको छ। कम्पनीले सोल्टी होटलमा क्यासिनो सम्बन्धी सफ्टवेयर बनाइसकेको छ र नेपालबाहेक दुबई, अमेरिका र इथोपियासम्म सेवाहरू प्रदान गरिरहेको छ।

नेक्टरले इथिकल ह्याकिङको अनुभवले भरिपूर्ण टीमको साथमा क्वालिटी अस्योरेन्स र पेनिट्रेसन टेस्टिङ गरेर मात्र वस्तु डेलिभर गर्छ। यो कारणले नै ठूला कर्पोरेट हाउसहरू नेक्टरको सेवाबाट सन्तुष्ट छन्।

यसैगरी, नेक्टरले नयाँ उद्यमीहरूलाई सुलभ मूल्यमा सेवा प्रदान गर्दै आइरहेको छ। फ्रेसर तथा इन्टर्नहरूलाई प्राथमिकता दिएर काम गराउने र विभिन्न कलेजका विद्यार्थीलाई प्लेसमेन्ट गर्ने अभ्यास पनि गर्दै आइरहेको छ। आइटी क्षेत्रमा नेक्टरको उदय उत्साहजनक रूपमा भइरहेको छ, यद्यपि क्लाइन्टबाट भुक्तानीको समस्या आइरहेको गुनासो पनि रहेको छ।

प्रतिक्रिया