काठमाण्डौ । साताको दोस्रो दिन नेप्से करिव ८ अंकले बढेर समग्र बजार २७६५ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
सोमबार नेप्सेमा सुधार आए पनि कारोबार रकम भने घटेर ३ अर्व ९२ करोडमा झरेको छ । हिजोको तुलनामा आज नेप्से केहि स्थिर रहेको थियो । आज कारोबार भएका २२५ कम्पनीहरुमा ९४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको थियो ।
मानुषी लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । आज दिनै भरि नेप्से हरियो भएको थियो भने बन्द हुने बेलामा एकोहोरो अंकमा आएको थियो ।