के आज अर्थमन्त्रीको राजीनामा आउला ?

काठमाडौं । सरकारमा सहभागी भएपछि पटक पटक विवादमा आइरहने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि फेरि एकपटक राजीनामाको विषयमा उठाएको छ । 

बजेट निर्माणको क्रममा अनावश्यक व्यक्ति प्रवेश गरी कर्जा दर हेरफेर गरेको आरोप लागिरहेको बेला मन्त्रालयको सिसिटिभी मेटाइएको आरोप समेत लागेको छ । 

सांसद तथा अन्य बुद्धिजीवीहरूले समेत राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । 

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पनि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताए । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनले बताए । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए ।

स्रोतका अनुहार मंगलबार बेलुका सम्मा शर्मा कुनै प्रतिक्रिया आउने सम्भावना छन् । उनले राजीनामा गर्न सक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया