काठमाण्डौ । केहिसमय अघिदेखि निरन्तर ओलारो लागेको शेयर बजार पछिल्ला तीन दिन भने हरियाली हुँदै बन्द भएको छ । बुधबार बजार मापक सूचक नेप्से करिव १७ अंकले बृद्धिहुँदै समग्र बजार २८१० विन्दुमा पुगेर बजार बन्द भएको छ ।
हिजो अस्तिको तुलनामा आज कारोबार रकममा पनि ब्यापक बृद्धि भएको छ । २२४ कम्पनीहरुको सात अर्व ३७ करोड माथिको शेयर खरिद विक्री भएको छ । आज ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने ४ कम्पनीको सर्किट लेवलमा कारोबार भएका छ ।
बजारमा तरलता अभाव,बैक ब्याजदर र शेयर धितो कर्जाको दवावमा रहेको शेयर बजार अहिले भने लयमा आउन थालेको छ । आज नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । कारोबार भएका मध्य ९४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ साथै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज अन्य क्षेत्रको उपसूचक सबैभन्दा धेरै बढेको छ ।