सुस्ताएको बीमा सूचक आईतबार बुम,अबको यात्रा कता ?

काठमाडौं - शेयर बजार मापक सूचक नेप्से ३२ अंकमा हुँदा एक बीमा कम्पनीको शेयर मूल्य एक हजार हाराहारी थियो । बजार ओरालो लाग्दै २३ सय बिन्दुमा आइपुग्दा त्यो कम्पनीको शेयर मूल्य करिब ५० प्रतिशत घटेर ४ सय हाराहारीमा आयो । 

बजारमा आइरहेको तिब्र उतारचढावको बेला धेरै मूल्य घटनेमा हाइड्रो,फाइनान्स र इन्स्योरेन्स रहेका छन् । जब बजार माथि लाग्छ तब सबै क्षेत्र बढेपनि बीमा भने खासै बढ्न सकिरहेको छैन । यसरी स्थिर रहनेमा बैंक उप समूह पनि रहेको छ । 

तर आईतबार भने लगानीकर्ताहरु एकाएक बीमा उप समूहमा मोडिए । ७२ अंकले बजार बढ्दा त्यस्तको अगुवाइ बीमा समूहले लियो । जीवन बीमा समूहका अधिकांस stock आईतबार बुम भए । 

जीवन बीमा समूह १३०२ अंकले बढ्यो भने गैर जीवन बीमा समूह पनि ९ सय अंक भन्दा धेरैले बढ्यो । सुस्ताएको यो क्षेत्र चलाएमा भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । 

आईतबार १२ जीवन बीमा कम्पनीहरुको कारोबार भएको मा ८ कम्पनी भन्दा धेरैको सर्किट लागेको छ भने बाकीको सर्किट लेभलमा कारोबार भएको छ । यसरी हेर्दा यो साता बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिने धेरैको बुझाई छ । 

प्रतिक्रिया