पहिलो बैठक मै बालेन शाहले गरे महानगर बासी खुसी हुने निर्णय,बैठक पुरै लाईभ

काठमाडौ - स्वतन्त्रबाट चुनाव जितेर चर्चामा आएका काठमाडाैं महानगरपालिका प्रमुख बालेन शाहले हिजो पहिलो पालिका बैठक लाईभ गरेका छन् । 

शाहले चुनावको बेला बैठक लाइभ गर्ने प्रतिबद्धता समेत जनाएका थिए । सोही अनुरूप उनले आफ्नो घोषणा पूरा गरेका हुन् । साथै बैठकमा फोहोर व्यवस्थापनको विषयमा पनि निकै महत्त्पूर्ण छलफल भएको थियो । 

महानगरले महानगर भित्रका गुनासो सुन्न कलसेन्टर स्थापना गर्ने भएको छ बैठकमा शाहले भने । ‘५ बर्षमा काम गर्न आएका हौंं रमाइलो पछि गरौंला’ बालेनले भने ३२ ओटै वडाको गुनासो महानगरले लिन्छ’ । त्यस्तै साहले इन्फ्रास्टकचर एम्बुलेन्स समेत सुचारु गर्ने बताए । सो एम्बुलेन्सले कलसेन्टरबाट आएको गुनासो तत्काल समाधन गरिहाल्छ ।

प्रतिक्रिया