प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले मोरङ निवासी कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी परिषद्ले रिक्त निर्वाचन आयुक्त पदमा काठमाडौंका राजीव सुब्बा र आगामी असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा ओखलढुंगाका गुरुप्रसाद वाग्लेको नाम पनि नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्का सदस्य तथा प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी कर्णका अनुसार सुब्बा नेपाल प्रहरीका पूर्वडीआईजी हुन् भने वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन्।

संवैधानिक व्यवस्थाअनुसार प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्को हुन्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय