काठमाडौं - केही घण्टा देखि मेरो शेयरमा समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् । आफ्नो एपमा लग इन गर्न खोज्दा नभएको धेरैको गुनासो छ ।
मेरो शेयरमा विगत देखिनै यस्ता समस्या आइरहे पनि दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले त्यति ध्यान दिएको देखिदैन ।
यस विषयमा बुझ्न खोज्दा सम्बन्धित निकाय सँग सम्पर्क हुन सकेन । समस्या आएका कारण बिक्री गरेको शेयर ट्रान्सफर गर्न नसकिएको एक प्रयोगकर्ता हेमन्त खड्काले बताउनु भयो ।