काठमाडौं–सिभिल लघुवित्तले शेयरधनीलाई बोनस शेयर दिने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।
१०औं वार्षिक साधारण सभा आज कात्तिक २८ गते हुँदैछ । साधारण सभाबाट पारित भए पछि कार्यान्वनयमा आउने छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।
सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते ९एक दिन० बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।