यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ८८ पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १ सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६५ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङको खरिददर १ सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ९८ पैसा छ भने स्वीस फ्र्याङ्कको खरिददर १ सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा छ। सिंगापुर डलरको खरिददर १ सय १ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ४० पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा तोकिएको छ।

थाई भाटको खरिददर ४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ रुपैयाँ ०५ पैसा छ। युएई दिरामको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको छ भने मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा छ। स्विडिस क्रोनरको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा छ भने डेनिस क्रोनरको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा छ। कुवेती दिनारको खरिददर ४ सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४ सय ४९ रुपैयाँ ९२ पैसा तोकिएको छ। बहराइन दिनारको खरिददर ३ सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३ सय ६८ रुपैयाँ ४४ पैसा छ।

ओमनी रियालको खरिददर ३ सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३ सय ६० रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। भारतीय रुपियाँ १०० को खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकले यो दर आवश्यक परेको खण्डमा परिमार्जन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जानकारी दिएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

 

प्रतिक्रिया