काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने केहि माथि जाने संकेत देखिएको छ ।
३२ सय हाराहारीमा पुगेको बजार केहि महिनाको अबधिमै घटेर २३ सय विन्दुमा आएको थियो । तरलता अभाव,शेयर धितो कर्जा लगायतका विषयले बजार घटेको धेरैको अनुमान छ ।
यो समाचार तयार पार्दा सम्म बजार २२ अंकले बढेर कारोबार भइरहेको छ । शेयर बजारका विज्ञ निर पाण्डेले अब बजार माथि जानेमा आफु आशावादी रहेको बताउनु भयो ।