काठमाण्डौ । सरकारले समयमै चुनाव गर्ने संकेत गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । अघिल्लो साता ४ दिन घटेको शेयर बजार यो हप्ताको पहिलो दिन भने एक सय ५ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २८८५ विन्दुमा पुगेको छ । नेप्से आक्रामक बढे पनि कारोबार रकम भने औसत नै रहेको छ । २३१ कम्पनीहरूको ६ अर्ब ३२ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । आज कारोबार भएका ५ कम्पनीको शेयर मूल्यका सर्किट लागेको छ भने बीमा समूहको उपसूचक सबै भन्दा धेरै अङ्कले बढेको छ । अपि पावरको धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा करिव २ सय कम्पनीहरूको शेयर मूल्य बढेको छ ।
विगतको तुलनामा आज बजार दिनैभरी स्थिर रहेको थियो । खरिदकर्ता हाबी भएको बजार यो लेभलमा ब्याक हुने राजनीतिक कारण पनि एक रहेको शेयर बजार जानकारको बुझाई छ ।
आज नेप्सेका सबै उपसूचकहरु हरियो भएका छन ।