बानपा ७ ले जनताको मन जित्दै,पलायन र लोप हुन नदिन निशुल्क बाजा वितरण

रमेश सेन्चुरी / बाग्लुङ – अंघियता आएपछि सबै भन्दा प्रभावकारी बनेको स्थानिय निकायले जनताको मन् जित्दै गइरहेका धेरै खबरहरु आइरहेका छन् ।

यसै बीच बाग्लुङ्ग नगरपालिका वडा न. ७ परम्परागत पेशाकर्मीलाई विभिन्न सामाग्री वितरण गर्दै आएको छ । वडाले आज भने परम्परागत बाजा संरक्षण कार्यक्रम अन्तर्गत दलित समूदायलाई निशुल्क पञ्चेबाजा वितरण गरेको छ ।

पञ्चेबाजा संरक्षण गर्नुपर्ने र पेशाकर्मीलाई हौसला दिनुपर्ने ठहर गर्दै १० थान पञ्चेवाजा र ९ थान ड्रेस वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो ।

सोही वडाका खिम बहादुर विकले निर्माण गर्नु भएको पन्चेबाजा वडाध्यक्ष पाण्डेले बा.न.पा ७ छरिखोला बाजा समिति र हराचौर बाजा समितिलाई ड्रेस हस्तान्तरण गर्नुभयो । बाजा बजाउँदै आएका पेशाकर्मीहरुको पलायनता र यूवा पुस्तामा बाजा बजाउने सीप हस्तान्तरण हुन नसक्दा धेरै ठाउँमा लोप हुन थालेको छ ।

वडाध्यक्ष पाण्डेले बाजा हराउन नदिने आफ्नो वडाको प्राथमिकता रहेको उहाले बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा सचिव हिराबहादुर केसीले गर्नु भएको थियो । पञ्चेवाजा समितिका अध्यक्ष चन्दा बहादुर परियार र स्वागत मन्तव्य केशव कार्कीले राख्नु भएको थियो ।

प्रतिक्रिया