ओली – नेपाल फेरि मिलन बिन्दुमा,कांग्रेसलाई फेरि धोका हुने संकेत

काठमाडौ – एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।

नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए ।

उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।

नेपाल ओलीवीच सहमति भयो भने नेपाली कांग्रेसलाई फेरि धोका हुने देखिएको छ । माधव नेपालका कारण देउबा प्रधानमन्त्री हुन पाउने छैन ।

यो विषय अहिले अदालतमा विचाराधीन छ तर नेपाल समूहले देउवालाई दिएको सहमति फिर्ता भयो भने कांग्रेस सरकारमा जाने सम्भावना सकिने छ ।

प्रतिक्रिया