भोलिदेखि बजारमा आधा सिलिन्डर ग्यास, मूल्य पनि आधा

काठमाडौं । नेपाल आयल निगम ले बजारमा देखिएको ग्यास अभाव व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने निर्णय गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार उपभोक्ताले अब ७.१ केजी तौलको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन् र यसको मूल्य पनि पूर्ण सिलिन्डरको तुलनामा आधा नै निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धका कारण ग्यासको आपूर्तिमा दबाब परेको र बजारमा माग बढेकाले यस्तो व्यवस्था लागू गरिएको निगमले जनाएको छ। यस कदमले सीमित आपूर्ति धेरै उपभोक्तामा बाँड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

निगमका अनुसार पहिले एक हजार उपभोक्ताले मात्र ग्यास पाउने अवस्थामा अब त्यही परिमाणको ग्यासबाट करिब दुई हजार उपभोक्ताले सेवा लिन सक्नेछन्। साथै आधा सिलिन्डर वितरण गर्दा ग्यास अनावश्यक रूपमा भण्डारण गर्ने प्रवृत्ति पनि घट्ने विश्वास निगमको छ।

निगमले यो व्यवस्थाले बजारमा देखिएको ग्यास अभाव कम हुने र उपभोक्ताले तुलनात्मक रूपमा सहज रूपमा ग्यास पाउने दाबी गरेको 

प्रतिक्रिया