• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

डाक्टर गिरीलाई प्रधानमन्त्री ओलीको धम्की

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले डा श्री कृष्ण गिरीलाई धम्की दिएको खुलासा भएको छ ।

आज बालुवाटार बोलाएर उनलाई धम्की दिएको नागरिक अगुवाहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।

बृहत नागरिक आन्दोलनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सोलिडारिटी फर डा. केसी अलायन्सको पनि हस्ताक्षर रहेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।’

झापाको बिएण्डसी अस्पताललाई सरकारले प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा नागरिक आन्दोलनले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती लगायत पक्राउ परेर केही घण्टापछि छुटेका थिए ।

प्रतिक्रिया