पोखरा-गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै ढलेको छ । मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत दियोस् भने राख्नु भएको मत अस्वीकृत भएको हो । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।
आज भएको मतदानमा पक्षमा २७, विपक्षमा ३० र तटस्थमा १ मत परेको थियो । संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेका बेला मुख्यमन्त्री गुरुङले प्रदेशसभाको विश्वासको गुमाएका हुन् । उनले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिनाअघि प्रमाणित भएको दाबी गरे ।