काठमाण्डौ – सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।
बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाकाे इजलासले यस्तो आदेश दिएको हो।
योसँगै सरकारको अर्को आदम सम्वैधानिक रहेको प्रमाणित भएको छ ।