चुरे दोहन,मूल्य वृद्धि र सरकारको असंवैधानिक कामको पाटन बहुमुखी क्याम्पसका विद्यार्थी संगठनको विरोध

काठमाण्डौ – सरकारका पछिल्ला गतिविधिको विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् ।

यसै बीच पाटन संयुक्त क्याम्पस नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले विरोध स्वरुप पुत्लादहन समेत गरेका थिए । देश समस्यासँग जुधिरहेको बेला सरकार भने मूल्य वृद्धि र चुरे दोहन गर्न लागिपरेको विद्यार्थी नेता रुपक न्यौपानेले आरोप लगाए ।

विद्यार्थी नेताहरुले सरकार आफ्नो निर्णयबाट पछि नहटे यस्ता विरोधका कार्यक्रम अझ सशक्त बनाउदै लगिने जानकारी समेत दिए ।

प्रतिक्रिया