काठमाण्डौ । चालु आर्थिक वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएन । निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह सुस्त रहेकाले यो अवस्था उत्पन्न भएको हो। यसले राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती थपेको छ । बैंकहरूले ब्याजदरमा स्थिरता कायम राख्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
राष्ट्र बैंकले गत मंसिरदेखि शुक्रबारसम्म २८ खर्ब ४५ अर्ब ८५ करोड रुपैयाँ बजारबाट झिकिसकेको छ। निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत यो रकम संकलन गरिएको हो। बजारमा पैसा धेरै भएकाले राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा, रिभर्स रिपो, आउटराइट सेल सेक्युरिटिजजस्ता उपकरणहरू प्रयोग गरेको छ।
असारमा बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१२२ प्रतिशतले घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप र कर्जाको भारित औसत ब्याजदरमा पनि कमी आएको छ। बैंकहरूमा निक्षेप र कर्जा वृद्धि भएपनि ब्याजदर घट्दो क्रममा रहेको छ। आजको कान्तिपुर दैनिकबाट