नेपाल समूहको कांग्रेसलाई बलियो साथ,ओलिको जालमा नफस्ने निष्कर्ष

काठमाण्डौ – नेकपा एमाले भित्र अहिले विज्ञप्तिको दोहोरी चलिरहेको छ । आईतबार अबेर विज्ञप्ति निकालेर पार्टी एकताको चौका फालेका ओलीले कडा जवाफ दिएका छन् ।

बरिष्ट नेता नेपालले हिजो एक विज्ञप्ती जारी गर्दै पार्टी एकताको लागि कुनै सर्त मान्ने नहुने बताएका छन् ।

पार्टी जेठ २ गते पूर्व फर्किनु पर्ने र सांसद विघटन फिर्ता लिनुपर्ने माधव नेपाल समूहको निष्कर्ष छ ।

आफू अफ्ठेरोमा पर्ने निश्चित भएपछि ओलीले केही नरम कदम चालेका थिए । तर माधव पक्षको अडान संगै विपक्ष गठबन्धनलाई राहत मिलेको छ ।

संसद विघटनको मुद्दा अहिले अदालतमा सुनुवाईको क्रममा रहेको छ ।

प्रतिक्रिया