काठमाण्डौ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईतबार अबेर राति पार्टी एकताको नयाँ जाल थपेका छन् ।
दुई पृष्ट लामो आग्रहमा उनले आफू जेठ ३ गरे अघि फर्किन तयार रहेको बताएका छन् । साथै यसलाई लागि माधव समूहले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका छन् ।
संसद विघटनको कतै उल्लेख नगरेका ओलिको यो आग्रहलाई धेरैले सकारात्मक कदम भनेका छन्। युवा नेता योगेश भट्टराईले पनि यसलाई सकारात्मक कदम भनेका छन् ।
त्यस्तै केहीले भने माधवलाई फसाउने र सत्ता टिकाउने ओलिको अर्को माछी जाल भएको बताएका छन् । यो विषयमा नेता माधव नेपालको भने कुनै प्रतिक्रिया आइसकेको छैन ।