• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

जनमोर्चाले हटाएको कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदियो

काठमाण्डौ – बागलुङबाट प्रदेश संसदमा निर्वाचित भएका कृष्ण थापालाई सर्वोच्चले सांसद पद फिर्ता दिलाएको छ ।

पार्टीको निर्णय नमानेको भन्दै थापालाई सांसद पदबाट जनमोर्चाले हटाएको थियो ।

थापाले पार्टीको निर्णय विरुद्ध अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

उनको निवेदन उपर सुनुवाई हुँदै आज सो फैसला आएको हो । अदालतको फैसला संगै गण्डकी प्रदेश सरकार फेरि जोगिएको छ ।

प्रतिक्रिया