काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक अर्धसतक माथिले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५४६ बिन्दुमा आएको छ । आज नेप्से करिव ६४ अंकले घटेको छ ।
नेप्से घटे पनि कारोबा रकम भने सामान्य रहेको छ । ३ अर्ब ६२ करोडमाथिको शेयर खरिद बिक्री हुँदा २२८ कम्पनीको शेयर खरिद बिक्री भएको थियो । जस मध्य अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने
नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा बीमा समूहको उपसूचकमा पहिरो गएको छ । साथै नेप्सेका अन्य सबै उपसूचक घटेका छन ।