काठमाडौंं - सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।
जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।
सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिए अनुसार अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको बताइएको छ ।
चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्, उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’
एक प्रहरी अधिकारीले भने । प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जोगाएको बताइएको छ ।