गण्डकी प्रदेशमा पार्टीको निर्णय नमानेका सांसद कृष्ण थापालाई जनमोर्चाले गर्यो यति ठूलो कारबाही

काठमाण्डौ – गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनमा असहयोग गरेका प्रदेश सभाका सदस्य कृष्ण थापालाई पार्टीले कारबाही गरेको छ ।

राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि कारबाही गरेको छ । उनको यो कारबाही एक वर्षको लागि मात्र हो ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभामा सदस्य समेत रहेका थिए ।

उनले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले कारवाही गरिएको जनमोर्चाले बताएको छ । उनको सांसद पद भने पार्टीले खोसेको छैन ।

प्रतिक्रिया