प्रिओपन सेसनमा झिनो अङ्कले घट्यो नेप्से,आज बजारको अवस्था कस्तो रहला ?

काठमाण्डौ । शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो साता समेत ठुलो अङ्कले घटेको बजार साताको पहिलो दिन आइतबार पनि नेप्से घटेको थियो । आज सोमबार प्रिओपन सेसनमा नेप्से एक अङ्क भन्दा थोरै अङ्कले घटेको छ । 

अहिले समग्र बजार २५४२ विन्दुमा रहेको छ । यो सेसनमा १८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ३ लाख ८५ हजार माथिको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य १० कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको भने घटेको छ साथै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेका छ । 

शेयर मूल्य बढ्नेमा अधिकांश जलविद्युत र इन्स्युरेन्स कम्पनीहरू रहेका छन । निरन्तर बजार घटेको हुँदा अब भने केही अङ्क बजार माथि जाने सङ्केतहरू आएको बजार बारे जानकारहरूको बुझाई छ । बैंकहरूमा तरलता अभाव हुनु अहिले बजार घट्नुको मुख्य कारण रहेको धेरैको बुझाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय