देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, : गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन् ।

नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

प्रतिक्रिया