मध्यरातमा राजनीतिमा उथलपुथल – फेरि प्रतिनिधिसभा विघठन, प्रतिपक्ष आक्रोसित

काठमाण्डौ – हिजो दिनै भरी राजनीतिले पुरै देश तातेको बेला कोरोना सङ्क्रमण छायाँमा पर्यो ।

नयाँ प्रधानमन्त्री चयन गर्नको लागि राष्ट्रपतिले दिएको समय शुक्रबार बेलुका ५ बजे सकिन पूर्व दुवै पक्षबाट रस्साकस्सी भयो । अन्तिममा नतिजा सुनाउने जिम्मा राष्ट्रपतिको कोटमा पुग्यो ।

यसअघि पनि ओलिको stam pad बनेको आरोप लागेको राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो काम दुवै प्रधानमन्त्रीका दाबी अपुग भएको जानकारी दिनु भयो । उहाँको हो घोषणा सँगै संविधानत 76-7 बमोजिम देश चुनावमै जानु पर्ने थियो ।

मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले अहिलेको प्रतिनिधि सभा विगठन गरि आगामी मंसिर २६ र मंसिर ३ गतेलाई निर्वाचन घोषणा गरेकी छन् ।

रातिमा भएको गतिविधिका कारण सबै दलहरुबाट यसको प्रतिक्रिया भने आइसकेको छैन । तर ओलीले आफ्नो पुरानै बाटोमा देशलाई लागेका छन् ।

प्रतिक्रिया