गगन थापाको आक्रोस – महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुको विकल्प छैन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी को चर्को आलोचना भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै धारा ७६,५ को प्रावधानमा रहेर दलहरुलाई २१ घण्टा भित्र नयाँ सरकार गठन गर्नको लागि बहुमत सिद्ध गर्न अनुरोध भै आएको थियो ।

प्रधानमन्त्री पदमुक्त नभएको अवस्था राष्ट्रपतिले नयाँ सरकार गठन गर्नको लागि आग्रह गरेको प्रति धेरै दलले आक्रमोस व्यक्त गरेका छन् साथै यो कदमलाई असंवैधानिक कदम समेत भनेका छन् ।

यसै बीच नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

आफ्नो सामाजिक सञ्जालमा राष्ट्रपतिको कदमको आलोचना गर्दै थापाले सो कुरा बताउनु भएको हो ।

प्रतिक्रिया