नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान, संविधानविद् भन्दछन् असंवैधानिक

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

यसैबीच संविधानविद् भिमार्जुन आचार्यले अहिले राष्ट्रपतिले गरेको आहवान असंवैधानिक रहेको वताएका छन् ।

प्रतिक्रिया