संक्रमितलाई नि:शुल्क यातायात सहित अस्पताल पुर्याउदै कांग्रेस युवा नेता गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमितलाई निशुल्क यातायात सेवाको सुरुवात गरेका छन् ।

थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन । आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ का बासिन्दालाई उनले निशुल्क यातायातको व्यवस्था सुरु गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसबारे जानकारी दिँदै उनले निषेधाज्ञामा अरु यातायातका साधन नहुने भएकाले अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सुरु गरेको बताएका छन् । घरबाट अस्पताल, आइसोलेशनमा जानका लागि निःशुल्क गाडी चढेर जान सकिने पनि उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन ।

यसका लागि काठमाडौँ महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३, बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सांसद थापाले नम्बर उपलब्ध गराएका छन् । यस्तै हटलाइनका लागि ९८६०३४०५८७ मा पनि फोन वा एसएमएस गर्न सकिने सांसद थापाले बताएका छन् ।

प्रतिक्रिया