एसवीआई बैंकको सबै बैंकको भन्दा थोरै बोनस,नगद र बोनस शेयर कति ?

काठमाण्डौ । बैंकहरुले आफ्नो गत आर्थिक बर्षको नाफाबाट शेयर धनिहरुलाई बोनस घोषणा गरिरहेका छन । यसैविच नेपाल एसबिआई बैंक लिमिटेडले लगानीकर्तालाई बोनस शेयर र नगद लाभांस घोषणा गरेको छ । 


बैंकले हाल कायम चुक्ता पूँजीको कुल ५।३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३।५० प्रतिशत बोनस शेयर तथा १।८१ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ। ३।५० प्रतिशतका दरले बानेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया