प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। ओलीलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत, र नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नेछन्।

विपक्षमा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने विश्वासको मत नदिने निर्णय गरेका छन्। प्रधानमन्त्री ओलीले दुई तिहाइ मत पुर्‍याउने तयारी गरेका छन्।

एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित गराउन ह्विप जारी गरेको छ भने नेपाली कांग्रेसले पनि बिहानका लागि संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया