अनुदानमा आएका सिलिण्डरमा भद्रगोल,जसको शक्ति उसको भक्ति,नेताको घर घरमा डुल्दै सिलिण्डर

काठमाण्डौ – अक्सिजन अभावले बिरामीको भटाभट ज्यान जान थालेपछि धेरैको ध्यान अक्सीजन सिलिण्डर तर्फ मोडियो ।

चीनले दिएको अनुदानका २० हजार सिलिण्डर मध्य २ खेप नेपाल आइपुगेका छन् भने खाडीका नेपालीले पठाएको सिलिण्डर समेत नेपाल आइपुगेका छन् । यति आएपछि अहिले अवस्था सामान्य हुन पर्ने हो तर उस्तै छ स्थिति ।

अनुदानमा आएका सिलिण्डर पहुँचवाला नेताले आफ्नो आफ्नो ठाउँमा लैजान लुछाचुँडी छ । जस्तले गर्दा प्राथमिक ठाउँहरूमा अहिले पनि अभाव छ ।

सरकारको सिस्टमले वितरण गर्नु पर्ने भएपनि पहुँचको आधारमा नेताहरुले आफ्नो आफ्नो ठाउँमा लिएर हिड्ने गर्दा समय बर्बाद भएको छ । अहिले दैनिक जसो नेताहरुले अक्सीजन सिलिण्डर बितरण गरेको समाचार आइरहेका छन् । आफ्नो ठाउँमा लैजानका लागि सिलिण्डर घर घरमा राख्दा समेत अमूल्य समय बर्बाद भै रहेको छ ।

निजी व्यावसायीहरुले समेत यो हप्ता सिलिण्डर नेपाल ल्याउन लागेको बताउँदै सरकारले अबको साता अवस्था सामान्य हुने बताउँछ ।

जनताका प्रतिनिधिहरूले आफ्नो ठाउँसम्म स्वास्थ्य सामग्री लैजानु राम्रो हो तर यो काम सरकारको संयन्त्रबाट हुनु पर्छ जस्ले हाम्रो सिस्टम कायम रहोस् ।

प्रतिक्रिया