नयाँ मन्त्रीले लिए सपथ

काठमाडौं - नवनियुक्त मन्त्रीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन । सत्तारुढ दलहरुको भागभण्डा अनुसार राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन ।

एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाइएको छ । यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी मन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले नियुक्त भएकी छन् ।

 

राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री भएका छन भने विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।

माओवादीबाट यस अघि नै नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना मन्त्री बनिसकेका छन । एमालेबाट विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनेका थिए । जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन्।

प्रतिक्रिया