• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार ,
  • स्वास्थ्य

चीनबाट आएका अनुदानका अक्सिजन सिलिण्डर पहुँचवाला नेताले झ्याप पारे,अस्पतालमा समस्या उस्तै

काठमाण्डौ – आजको मिति सम्म करिब १५ सय अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ ।

८०० थान चीन सरकारको अनुदानबाट प्राप्त त्यस्तै खाडी मुलुकबाट नेपालीले पठाएका ५५० भन्दा धेरै । यसरी हेर्दा अब उपत्यकाका अस्पतालमा तत्काल समस्या समाधान हुन पर्ने हो तर अवस्था जहाँको त्यही छ ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले अनुदानमा आएका ती अक्सिजन सिलिण्डर अस्पताललाई आवश्यकताको अनुपातमा वितरण गरेको थियो । तर अहिले सम्म पनि अस्पताल तोकिएको परिणाममा सिलिण्डर पाउन सकेका छैन् । कहाँ छन् त ?

यसको जवाफ सरकार सँग छैन । मन्त्रालयले अस्पतालहरुलाई बाँकी पछि आउने भन्ने जवाफ दिएका छन् तर कुरा अर्कै छ । नेकपा एमाले निकट केही सांसदले आफूखुसी आफ्ना निर्वाचन क्षेत्रमा सिलिण्डर लिएर हिँडेपछि यस्तो समस्या परेको हो ।

शान्ता चौधरी र हिराचन्द्र केसीले १०-१० वटा र गंगा चौधरी सत्गौवाले आफ्नो निर्वाचन क्षेत्रको लागि भन्दै सिलिण्डर लिएर उतै लागेका छन् जसले गर्दा अहिले पनि उपत्यकामा अक्सिजन समस्या उस्तै छ ।

प्रतिक्रिया