टोकियो। बलेवा सेवा समाज जापानले आयोजना गरेको “तिज धमाका २०२५ तथा दर खाने कार्यक्रम” जापानमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता महेन्द्र ढकालले गर्नुभयो भने संयोजक सुरेन्द्र प्रेम र उप–संयोजक राजेश रिजाल रहनुभयो।
कार्यक्रममा एनआरएनए जापानका नवनिर्वाचित अध्यक्ष सुभाष लामीछाने प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यस्तै विशिष्ट अतिथिका रुपमा गल्कोट समाजकी पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कालिका थापा, एनआरएनए एसियान प्यासिफिककी महिला संयोजक अनिता गुरुङ, समाजसेवी युवा तथा एनआरएनए जापानका केन्द्रीय सदस्य कमलेश जिसी र एनआरएनए जापानका प्रवक्ता रबिन शर्मा उपस्थित हुनु भएको थियो।
सांगीतिक प्रस्तुतीमा पछिल्लो समयकी चर्चित गायिका रितु थापा मगर, गायक खेम राज पौडेल र गायिका सृजना कुवंरको आकर्षक प्रस्तुति रहेको थियो।
संयोजक सुरेन्द्र प्रेमका अनुसार कार्यक्रममा करिब २०० जना नेपालीको उपस्थिति रहेको थियो। उनले स्वागत तथा शुभकामना मन्तव्य राख्दै कार्यक्रममा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। बलेवा सेवा समाज जापानले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।