काठमाण्डौ – केही दिन अघि मात्र सपथ लिएर तेर्सो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता भएको छ ।
सपथ लिने समयमा ओलीले त्यसमा भएको प्रतिज्ञा भन्ने शब्द भन्न मानेका थिएनन् । तर नेपालको संविधानमा त्यो अनिवार्य गरिएको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् ।
ओलीले असोभाबिक गतिविधि देखाएपछि उनको चर्को आलोचना भएको थियो । यसरी आफूखुसी सपथ लिँदा दोहोराएर सपथ लिएका नजिरहरु पनि धेरै छन् । त्यसैले ओलीले फेरि सपथ लिन समेत पर्ने देखिन्छ ।