सरकार लाचार – प्रतिपक्ष कांग्रेसले आफ्नो पार्टी कार्यालय अस्पताल बनाउन दियो

काठमाण्डौ – कोरोना नियन्त्रणमा लाचार बनिरहेको सरकारलाई नेपाली कांग्रेसले गतिलो सबक सिकाइरहेको छ । यतिबेला कांग्रेस सक्रिय भएर कोरोना नियन्त्रमा लागिरहेको छ ।

डोटीमा कोरोना संक्रमित उच्च भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय कोभिड अस्पताल बनाउन दिएको छ ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिए।

कोरोना नियन्त्रमा सबै शक्ति लगाएर सहयोग गर्न कांग्रेसले आफ्ना सबै पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरिसकेको छ ।

प्रतिक्रिया