प्रधानमन्त्रीले सपथमा “प्रतिज्ञा” गर्न नमानेपछि सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाण्डौ – वैशाख ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवन कालको तेस्रोपटक प्रधानमन्त्रीको कसम खाए ।

संसदबाट विश्वासको मत लिन नसकेपछि कामचलाउ बनेका ओलीले यो पटक फेरी एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले सिंगो भएसँगै यसको लागि बाटो खुलेको छ तर ओलिको पद जोगाउने या नजोगाउने भन्ने कुरा चाहिँ जनता समाजवादीको हातमा छ ।

यसैबीच हिजो ओलीले आफ्नै सपथ ग्रहण समारोहमा अचम्मको व्यवहार देखा । सपथ मा रहेको प्रतिज्ञा गर्छु भन्ने शब्द भन्न नमानेका ओलीले आफूमात्र हाँसोको पात्र बनेनन् राष्ट्रपति भण्डारीलाई समेत ट्रोल बनाए ।

संविधान विदले त यो असंवैधानिक भएको बताएका छन् भने सामाजिक संजालमा धेरैले ओलिको खिल्ली उडाएका छन् । आफूले नगर्ने कामको किन प्रतिज्ञा गर्नु भनेर धेरैले व्यङ्गे गरेका छन् कतिले आक्रोस पोखेका छन् ।

बौद्धिक जमातले पनि ओलीले आफूले राजा र जे गरे पनि हुन्छ जस्तो व्यबहार गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया