उन्नति सहकार्य लघुवित्तको बोनस किन भयो परिमार्जन

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । 

संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक समक्ष पेश गर्दा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएको हुनाले बैंकले लाभांश संशोधन गरेको हो । अब बैंकले ३० प्रतिशत बोनस वितरण गर्नेछ । 

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय