ओली-नेपाल बीचको कुरा लगभग मिल्यो,कांग्रेसको सरकार बनाउने सपना चक्नाचुर

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक भएको छ।

यो संगै नेपाल समूहले आज दिने भनेको राजीनामा तत्कालको लागि रोकिएको छ । त्यस्तै कांग्रेसले बहुमतको सरकार बनाउने प्रयास पनि यो सँगै असफल भएको छ ।

ओलीले यसअघि गरेका निर्णय कसरी सच्चाउन सकिन्छ भनेर कार्यदल बनाएर अगाडि बढ्ने कुरामा सहमति जनाएको नेता नेपालले जानकारी दिए । अध्यक्ष एवं ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई÷चार दिनलाई ट¥यो, कार्यदल बन्छ ।’ करिब ४ घण्टा वार्तापछि नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’ एक व्यापारीको घरमा ओली माधव बीच चार घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया