चित्रबहादुर केसीले भने – हाम्रा सांसद कृष्ण थापा पैसामा विके

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद पैसामा बिकेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई मत दिने आनाकानी गरेपछि आफ्ना सांसद कृष्ण थापा पैसामा बिकेको उनले आरोप लगाएका हुन् ।

केन्द्रले गरेको निर्णय नमान्ने सांसद्लाई पार्टीले कडा कारबाही गर्ने उनको जिकिर छ ।

गण्डकी प्रदेशमा सरकार निर्माणको लागि राष्ट्रिय जनमोर्चा निर्णायक रहेको छ । केन्द्रले कांग्रेसका प्रस्तावित मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गरे पनि बागलुङबाट निर्वाचित संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले मत दिन नसकिने बताइसकेका छन् ।

यो संगै विपक्षीको सरकार बनाउने सपना अफ्ठेरोमा परेको छ ।

प्रतिक्रिया